काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड २४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन छ।
यो गत वर्षको यसैअवधिको तुलनामा २४.४० प्रतिशत कम हो। गत आ.व.को चैतसम्म यस बैंकले २० करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढे पनि नाफा भने घटेको छ। यस अवधिसम्म आइपुग्दा बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यता, इम्पेयमेन्ट चार्जको रकम बढ्दा नाफामा असर परेको हो। ७१ करोड ४५ लाख रहेको उक्त चार्ज अहिले बढेर ८३ करोड २ लाख पुगेको छ।
हाल यस विकास बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ। यसको जगेडा कोषमा १ अर्ब ७९ करोड रुपैयाँ जम्मा छ। बैंकको वितरणयोग्य नाफा भने २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ। निष्क्रिय कर्जा ४.९७ प्रतिशत पुगेको छ। प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा पुगेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८