काठमाडौं। नेपाल फाइनान्स लिमिटेडको खुद नाफा घटेको देखिएको छ।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ लाख १८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यसै अवधिको १ करोड ३ लाख रुपैयाँको तुलनामा ८७.२५५ ले कम हो।
खुद ब्याज आम्दानी गत वर्षको तुलनामा १३.२८५ ले वृद्धि हुँदै ७ करोड ५९ लाख रुपैयाँ पुगेता पनि इम्पेयरमेन्ट चार्ज बढेपछि खुद नाफा भने घटेको हो। चैत मसान्तसम्ममा इम्पेयरमेन्ट चार्ज १ करोड ६६ लाख रुपैयाँ रहेको छ।
नेपाल फाइनान्सको खराब कर्जा दर १३.१६५ विन्दुबाट घटेर ९.२४५ मा झरेको छ। हाल यसको चुक्ता पुँजी ७२ करोड ९४ लाख ९६ हजार रुपैयाँ रहेको छ। जगेडा कोषमा ४२ करोड ३९ लाख रुपैयाँ जम्मा रहेको छ।
वितरणयोग्य नाफा २२ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ। यसको इपीएस १.८९ रुपैयाँबाट घटेर ०.२४ रुपैयाँमा सीमित भएको छ। साथै प्रतिसेयर नेटवर्थ भने १३४.८३ रुपैयाँ छ।
3rd quarter financial reort of Nepal finance
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८