काठमाडौं । विश्व पृथ्बी दिवस २०२४ को उपलक्ष्यमा काठमाण्डौका विश्व सम्पदा सुचिमा रहेका ३ बटा पुरातात्विक सम्पदाहरुको सरसफाई गरीदै छ । पृथ्वी दिवसको अवसर पारेर काठमाण्डौ स्थित स्वयंभु,पशुपति र बौध्द क्षेत्रमा सरसफाई अभियान संचालन गरीने भएको हो ।
युनिभर्सल पिस स्यन्चुरी मार्फत विभिन्न संघ संस्था र समाजका बिशेष व्यक्तित्वहरुको संलग्नतामा बैशाख ८ देखि १० गते बिहान ७ देखि ९ बजे सम्म सम्म युनेस्कोले सुचिकृत गरेका विश्व सम्पदा सुचिमा रहेका ३ बटा महत्वपूणर् पुरातात्विक सम्पदाहरुको सरसफाई गर्ने भएको हो ।
जस अनुसार बैशाख ८ गते स्वयंभु महाचैत्य परीसर ९ गते पशुपतिनाथ मन्दिर परिसर र १० गते बौध्द मन्दिर परिसर सफाई अभियान रहेको सरसफाई अभियान सम्वन्वयकर्ता नबिन विकास महर्जनले बताए ।
कार्यक्रममा बागमती सफाई महाभियान एबं सम्पूणर् नदि खोला स्थान अभियानहरुको सहभागिता हुने उक्त अभियानमा कुहिने र नकुहिने फोहोरहरुलाई व्यवस्थित रुपमा फरक फरक ढंगले संकलन गरी व्यवस्थपान गरीने र अभियानकै रुपमा निरन्तरता दिईने बताईएको छ ।
विश्व पृथ्बी दिवस २०२४ मा यसपालिको नारा पनि पृथ्वी र प्लाष्टिक राखिएको छ । नेपालमा पनि प्लाष्टिकको अधिक प्रयोगले वातावरणमा धेरै असर प्रभाव परेको ,फोहोरमा अत्याधिक मात्रामा प्लाष्टिकको मिश्रणले फोहोर व्यवस्थापन कार्य समेत चुनौतिपूणर् वन्दै गइरहेको जनाउँदै अभियानले यस्ता विषयमा समेत सचेतना जागृत गर्ने जनाएको छ ।
पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरीएको हो । यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ ।
सन् १९६९ अमेरीकाको सान फ्रान्सस्किोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । र पछी अमेरिकी सीनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यस दिन देखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरी नै बिश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।
सन् १९९२ मा ब्राजिलको रीयो दी जेनेरीयोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको थियो । त्यसपछी सन् २००९ मा राष्ट्र सङ्घको ६३ औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निणर्य गरेको हो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८