काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ।
आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ०९ पैसा र बिक्री दर १३३ रूपैयाँ ६९ पैसा रहेको। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ५७ पैसा र बिक्री दर १४२ रूपैयाँ २१ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३ रूपैयाँ ९३ पैसा र बिक्री दर १६४ रूपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रूपैयाँ ६४ पैसा र बिक्री दर ८६ रूपैयाँ ०३ पैसा रहेको छ। क्यानडिएन डलर एकको खरिद दर ९६ रूपैयाँ ९९ पैसा र बिक्री दर ९७ रूपैया ४३ पैसा रहेको छ।
साथै, साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ४८ पैसा र बिक्री दर ३५ रूपैयाँ ६४ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ४९ पैसा र बिक्री दर ३६ रूपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८