• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Sun, 08, Feb, 2026
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / अर्थ

लगानी सम्मेलन सम्पन्न, सम्मेलनमा ८० देशका २ हजार बढी व्यवसायी प्रतिनिधिहरू सहभागी

१३७२६० पाठक संख्या

टुडे दैनिक संवाददाताApril 30, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ / दुई दिने लगानी सम्मेलन सम्पन्न सोमबार सम्पन्न भएको छ । आइतबारदेखि काठमाडौँमा सुरु भएको लगानी सम्मेलन विभिन्न क्षेत्रमा सम्झौता गर्दै सम्पन्न भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको तेस्रो लगानी सम्मेलनमा ८० देशका २ हजार बढी व्यवसायी प्रतिनिधिहरू सहभागी भएको लगानी बोर्डले जनाएको छ ।
लगानी सम्मेलन सचिवालयका संयोजक तथा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलनबाट लगानीकर्ताहरूले नेपालमा लगानीका अवसरहरू खोज्न इच्छुक रहेको जानकारी दिएका छन् ।
सम्मेलनले स्वदेश तथा विदेशका लगानीकर्ताहरूलाई नेपाल लगानीको आकर्षक गन्तव्यका रूपमा रहेको सन्देश दिन सफल भएको उनले बताए ।
लगानी सम्मेलनमा कति आयो प्रतिबद्धता ?
लगानी सम्मेलन अवधिमा करिब १० अर्ब रुपैयाँ माथिको लगानी प्रतिबद्धता आएको बोर्डले जनाएको छ । बोर्डका अनुसार सम्मेलनमा विभिन्न चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोडको लगानी स्वीकृत भइसकेको छ ।
लगानी सम्मेलका क्रममा सार्वजनिक निजी साझेदारी अवधारणालाई अगाडि बढाउनका लागि समझदारीपत्रसहित करिब एक दर्जन समझदारीमा हस्ताक्षर भएको बोर्डले जनाएको छ ।
यसबाहेक ३० भन्दा बढी विदेशी प्रतिनिधिमण्डलले विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटघाटसमेत गरेका छन् ।
सम्मेलनका आइतबार तीन ओटा सम्झौता भएका थिए ।
डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच सम्झौता भएको छ । उक्त सम्झौतामा बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका थिए ।
आइतबार नै नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको थियो ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गरेका हुन् । महासङ्घले फेडेरेसन अफ् मलेसियन म्यानुफ्याक्चरर्ससँग पनि सहकार्यका लागि सम्झौता गरेको छ ।
लगानी सम्मेलनकै क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि ‘वर्ल्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप) बीच द्विपक्षीय सहकार्य गर्ने समझदारी भएको छ ।
उक्त समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरे । समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पिपिपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ ।
नेपालमा भौतिक पूर्वाधार तथा पिपिपी पाइपलाइन सुदृढीकरण, पिपिपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवर्द्धनका लागि सहकार्य, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन् ।
स्वीजरल्याण्डको जेनेभामा मुख्यालय रहेको वाप पिपिपीका क्षेत्रमा अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय असल अभ्यास प्रवद्र्धन गर्ने गैरसरकारी संस्था हो । त्यस्तै, नाप नेपालका पिपिपी अभ्यासकर्ताहरूको संस्था हो ।
आजै, साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी १० करोड रुपैयाँ बराबरको सम्झौता भएको छ ।
चिनीयाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुईवटा समझदारी सम्पन्न भएका छन् । चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा ३ अर्ब रुपैयाँ लगानीको समझदारी गरेको छ ।
तेस्रो लगानी सम्मेलनको दोस्रो दिन चिनिया कम्पनी अटोबडीले एनके मोटर्ससँग सम्झौता गरेको छ । सम्झौता कार्यान्वयन भएमा वार्षिक ५ हजारभन्दा बढी विद्युतीय सवारी उत्पादन हुनेछ । सम्झौताअनुसार दुई कम्पनीले नेपालमा सुरुवातमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने फोर ह्विल सवारी उत्पादन गर्ने बताइएको छ ।
सम्झौताअनुसार चीनको कम्पनीले नेपालमा सवारी उत्पादनका लागि ३ अर्ब लगानी गर्नेछ । विराटनगरको बुढीगङ्गामा १५ बिघा जमिनमा उत्पादन सुरु हुनेछ ।
यसैगरी, लगानी सम्मेलनमार्फत कोरियन लगानी पनि नेपाल भित्रिएको छ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रुप प्रा.लि. बीच सम्झौता भएको छ ।
नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज सो सम्बन्धी सहमति चीनको लागि नेपालका राजदुत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा भएको छ।
सम्झौतामा एमएविसि इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारीक प्रतिनिधी शिवराज दवाडी (माधव दवाडी)ले हस्ताक्षर गरे ।
कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नविनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्विकृति लिएको छ। यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ ।
सम्झौता पत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानी मार्फत स्थापना र संचालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको नेक्सजेन म्यानेजमेन्टले जनाएको छ ।
लगानी सम्मेलनमार्फत अष्ट्रेलियन लगानी पनि नेपाल भित्रिने भएको छ । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको हो । अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग यस्तो सम्झौता भएको हो।
लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडकाका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे ।
मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ र दोस्रो चरणमा करिब ४० करोड रुपैयाँ बराबर लगानी गरिने शाहले जानकारी दिए ।
डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको शाहले बताए ।
लगानी सम्मेलनबारे प्रतिक्रिया दिँदै अर्थमन्त्री वर्षमान पुनले विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरुको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको बताएका छन् । साथै, उनले आगामी दिनमा थप नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरणमार्फत व्यावसायिक वातावरण सुधारको काम गर्दै जाने प्रतिबद्धतासमेत जनाएका छन् ।
यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आन्तरिक बजारको साथै ती मुलुकको बजार र विश्व बजार केन्द्रित रहेर बृहत् लगानी तथा उत्पादन गर्ने अवसर मिलेको बताएका छन् ।
सो अवसरमा अनुसन्धान तथा विकासमा लगानी वृद्धि गर्न नेपाल सरकारले चालू आर्थिक वर्षको बजेटमा पुँजीगत खर्चको १ प्रतिशत रकम अनुसन्धान तथा विकासमा विनियोजन गर्न सुरूआत गरेकोसमेत उनले जानकारी दिए ।
औद्योगिक क्षेत्रको विकास तथा विस्तार गर्न नेपाल सरकारले विभिन्न नीतिगत कानूनी र प्रक्रियागत सुधार गरेको उनले बताए ।

सम्बन्धित पोस्ट
  • मन्त्री शर्माले भनिन् – बीमाका लागि १० अर्ब रुपैयाँ, वार्षिक बजेटको परिधिभित्र रहेर काम गर्ने
  • दैनिक १३ लाख मतपत्र छपाइ, कहिलेसम्म पुग्छ सबै निर्वाचन क्षेत्रमा ?
  • रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त
  • सभापति थापाले भने – आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    मन्त्री शर्माले भनिन् – बीमाका लागि १० अर्ब रुपैयाँ, वार्षिक बजेटको परिधिभित्र रहेर काम गर्ने

    दैनिक १३ लाख मतपत्र छपाइ, कहिलेसम्म पुग्छ सबै निर्वाचन क्षेत्रमा ?

    रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

    सभापति थापाले भने – आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ

    तोलामा ४ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य, अब कति पर्ला ?

    राष्ट्रियसभाको बैठक सुरु, यस्तो छ कार्यसूची

    बैतडी बस दुर्घटनाः मृतकको सङ्ख्या १३ पुग्यो

    नेपाः एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने

    बैतडी बस दुर्घटनाः मृतकको सङ्ख्या १३ पुग्यो

    विद्युत् चुहावट हुँदा बुढानीलकण्ठमा आगलागी

    कहिलेबाट आउँदैछ वि.सं. २०८३ को पात्रो ?

    मुग्लिन–मलेखु सडक खण्ड : प्रगति कति प्रतिशत ?

    आज बालाचतुर्दशी पर्व, पितृको सम्झनामा शतबीज छरिँदै

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    कृषि मन्त्रीद्वारा बारा र पर्सा सहित ३५ वटा कृषि जोन थप, ५वटा जोन सुपरजोनमा स्तरोन्नती

    टुडे दैनिक

    मन्त्री शर्माले भनिन् – बीमाका लागि १० अर्ब रुपैयाँ, वार्षिक बजेटको परिधिभित्र रहेर काम गर्ने

    दैनिक १३ लाख मतपत्र छपाइ, कहिलेसम्म पुग्छ सबै निर्वाचन क्षेत्रमा ?

    रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

    सभापति थापाले भने – आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ

    तोलामा ४ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य, अब कति पर्ला ?

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2026: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑